गृहपृष्ठ खबर कोरोना सङक्रमण बढ्दै गएपछि दाङका तीन सरकारी कार्यालय बन्द

कोरोना सङक्रमण बढ्दै गएपछि दाङका तीन सरकारी कार्यालय बन्द

प्रकाशित मिति:

दाङ : दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । कोरोना सङक्रमण बढ्दै गएकाले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय ५ दिनका लागि बन्द भएका हुन् । त्यस्तै नापी तथा मालपोत कार्यालय पर्सी बुधबारसम्मका लागि बन्द गरिएको छ । देउखुरीमा रहेको जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द भएको हो ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको छ । दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय पनि असोज ३० गतेसम्मका लागि बन्द भएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिनुभयो

सम्बन्धित् समाचार