गृहपृष्ठ खबर एकैदिन काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

एकैदिन काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं उपत्यकामा आज एकै दिन २२ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २२ सय ८३ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १४ हजार ५ सय ३० जनाको पिसीआर परिक्षणमा ४ हजार ४७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १४७३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७७ हजार २ सय ७७ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १८८८ जना र ललितपुरका २७७ जना र भक्तपुरका ११८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

 

सम्बन्धित् समाचार