गृहपृष्ठ खबर कपिलवस्तु कारागारका एक कैदीलाई कोरोना संक्रमण, आईसियुमा उपचार हुदै

कपिलवस्तु कारागारका एक कैदीलाई कोरोना संक्रमण, आईसियुमा उपचार हुदै

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तु कारागारका एक कैदी कोरोना संक्रमित भएका छन । कत्तब्र्य ज्यान मुद्दामा ढेड बर्ष देखि सजाय भुक्तान गरीरहेका शिवराज नगरपालिकाका ५५ बर्षिय घुरे पासीमा कोरोना संक्रमण देखिएको हो । श्वास प्रवासका बिरामी पासीको भैरहवा स्थित भीम अस्पतालको आईसियु कक्षमा उपचार भईरहेको जेलर राकेश पाण्डेले बताए । गत असोज २० गते बिरामी भए पछि पासीलाई कपिलवस्तु् अस्पतालमा उपचारकालागि लगिएको थियो ।

त्यहा उपचार हुन नसके पछि थप उपचारकालागि भीम अस्पताल लगिएको थियो । उपचारर्कैैक्रममा स्वाब संकलन गर्दा पासीमा गत असोज २५ गते नै कोरोना संक्रमण पुष्टी भएको जेलर पाण्डेले बताए । जेल प्रशासनले भेटघाटमा प्रतिबन्ध लगाएर सवधानी अपनाएको दाबी गरे पनि कारागारमा कोरोना संक्रमण फैलिए पछि त्यहा अहिले त्रास बढेको छ ।

पासी नया भवनको बि ब्लकमा बस्ने गरेका थिए । कारागारको दुई ब्लकमा गरी ४ सय २३ जना कैदीबन्दी छन । यस्तै कारागारमा ३६ जा नेपाली सेना र १६ जना नेपाल प्रहरीका कार्यरत छन । कारागारका अन्य कैदी बन्दीहरुलाइृ के गर्ने बिषयमा जिल्ला सुरक्षा समितिले बैठकमा छलफ गरी टुंगो लगाउने जेलर पाण्डेले बताए । उता कपिलवस्तुमा १४ सय २२ जना कोरोना संक्रमित भएका छन । जसमध्ये १३ सय ३ जना निको भएका छन ।

अहिले १ सय ६ जना सकृय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यागेन्द्र भगतले बताए । कोरोनाबाट कपिलवस्तुमा १२ जनाले ज्यान गुमाएका छन ।

सम्बन्धित् समाचार