गृहपृष्ठ खबर कपिलवस्तुमा एक वडा अध्यक्षको मोटरसाइकल चोरी

कपिलवस्तुमा एक वडा अध्यक्षको मोटरसाइकल चोरी

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा एक वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ । मंगलबार दिउँसो तौलिहवास्थित घरेलु कार्यालय अगाडि रोकी राखेको मोटरसाइकल चोरी भएको हो । विजयनगर गाउँपालिकाका वडा न. ५ का वडाध्यक्ष अन्वर मुसलवानको लु ५ प ८३११ नम्बर भएको रातो रगंको पल्सरबाइक चोरी भएको वडाध्यक्ष मुसलमानले बताए ।

केही कामकाजको शिलशिलामा आफु तौलिहवास्थित घरेलु कार्यालय पुगेको र त्यही समयमा नै मोटरसाईकल चोरी भएको वडाध्यक्ष मुसलमानको भनाई छ ।

सम्बन्धित् समाचार