गृहपृष्ठ खबर कपिलवस्तुमा दुर्गा पूजाको माग गर्दै प्रजिअ पौडेलविरुद्ध नै उच्च अदालतमा मुद्दा दायर

कपिलवस्तुमा दुर्गा पूजाको माग गर्दै प्रजिअ पौडेलविरुद्ध नै उच्च अदालतमा मुद्दा दायर

प्रकाशित मिति:

कपिलवस्तु : दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनुपर्ने माग गर्दै यहाँ मुद्दा दायर भएको छ । अधिवक्ता राहुल गुप्ताले कपिलवस्तु नगरपालिका–१ स्थित प्रशासन कार्यालय र प्रजिअ दीर्घनारायण पौडेलविरुद्ध सोमबार उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका हुन् ।

प्रशासनले दूर्गा पूजामा लगाएको रोक खारेज गरी मूर्ति पूजा गर्न पाउनुपर्ने माग गर्दै उत्प्रेषण, परमादेश र निषेधाज्ञासहितको रिट दायर गरेको गुप्ताले बताए । दुर्गा पूजामा कुनै बाधा व्यवधान नगर्न मुद्दा दायर गरेको उनको भनाइ छ । संक्रमण फैलिन नदिन भनेरै सबैको हितका लागि सतर्कता अपनाउन दुर्गा पूजामा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले यस वर्ष दसैंमा दुर्गा मूर्ति बनाउन, सार्वजनिक रुपमा प्रदर्शन गर्न, पूजाआजा र बिसर्जन गर्न रोक लगाउँदै शुक्रबार सूचना प्रकाशित गरेको थियो । प्रशासनले सर्वपक्षीय बैठक गरेर सतर्कता अपनाउन आवश्यक रहेको भन्दै मूर्ति पूजाआजामा रोक लगाएको हो ।

 

सम्बन्धित् समाचार