गृहपृष्ठ खबर बुटवलमा आइसीयु बेड अभाव, दाङ लैजाँदै गर्दा बाटोमै संक्रमितको मृत्यु

बुटवलमा आइसीयु बेड अभाव, दाङ लैजाँदै गर्दा बाटोमै संक्रमितको मृत्यु

प्रकाशित मिति:

बुटवल : बुटवलमा आइसीयु बेड नपाउँदा बुटवलमा संक्रमितको मृत्यु भएको छ। बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बेड नपाएपछि दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा थप एक संक्रमितको बाटोमै मृत्यु भएको हो।

अर्घाखाँचीको भुमिकास्थान–९ का ७३ वर्षिय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने आठ बजे बाटोमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन्‌।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका ती पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा गत मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो। बुटवलमा आइसीयु बेड नपाएका कारण उनको मृत्यु भएको हो।

ती पुरुषको स्वास्थ्यमा गएराति थप समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो। पछिल्लो समय लगातार लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि कोरोना अस्पतालमा बेड भरिएका छन्।

 

सम्बन्धित् समाचार