गृहपृष्ठ खबर कपिलवस्तुका एक कोरोना संक्रमितको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु

कपिलवस्तुका एक कोरोना संक्रमितको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुमा थप एक कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुकाअनुसार हिजो राती उपचारको लागि भैरहवास्थित भिम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

उनलाई बुधबार नै संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार उनलाई कोभिड १९ संगै डेङगुको समेत संक्रमण थियो । योसंगै कपिलवस्तुमा कोरोनाबाट १३ जनाले ज्यान गुमाईसकेका छन् ।

सम्बन्धित् समाचार