गृहपृष्ठ खबर काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

प्रकाशित मिति:

काठमाण्डौ : काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ ।

घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिनुभयो ।

ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उहाँले जानकारी दिनुभयो ।

 

सम्बन्धित् समाचार