गृहपृष्ठ खबर प्युठानमा ढुंगाले हानेर एक पुरुषको हत्या

प्युठानमा ढुंगाले हानेर एक पुरुषको हत्या

प्रकाशित मिति:

प्युठानमा ढुङ्गाले हानेर घाईते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीका ३५ वर्षिय बिरबहादुर परियारलाई सोही ठाउँका ६० वर्षिय चोचे कामीले शुक्रवार साँझ ५ बजे बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर घाईते बताएका थिए ।
घाईते भएका परियारलाई प्राथमिक उपचार केन्द्र भिग्रीमा उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा रिफर गरिएको थियो । परिवारको उपचारको क्रममा आज बिहान ४: ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए। ढुङ्गाले हान्ने कामीलाई ईलाका प्रहरी कार्यालय भिग्रीको नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार