गृहपृष्ठ खबर पिपराका इन्सपेक्टर दिनेश गुरुङ पुरस्कृत

पिपराका इन्सपेक्टर दिनेश गुरुङ पुरस्कृत

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ मा रहेको इलाका प्रहरी कार्यालय  पिपराका प्रहरीको निरीक्षक दिनेश गुरुङ पुरस्कृत भएका छन ।

 

६५ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गुरुङलाई राम्रो काम गरेको भन्दै शुक्रबार ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को रुपमा पुरस्कृत गरेको हो ।

प्रहरी निरिक्षक गुरुङले बाणगंगामा लागु औषध नियन्त्रण गरेरै छाडने र त्यसका लागी सबै बाणगंगा नगरबासीलाई आग्रह गरेका छन । यसअघि रुकुम पूर्वमा इन्चार्ज हुँदा कारोबारी विरुद्ध फायरिङ गरेपछि गुरुङ चर्चामा आएका हुन ।

सम्बन्धित् समाचार