गृहपृष्ठ खबर दुर्गा पुजा र मुर्ति बिर्सजन गर्न राप्ररा कपिलवस्तुको माग

दुर्गा पुजा र मुर्ति बिर्सजन गर्न राप्ररा कपिलवस्तुको माग

प्रकाशित मिति:

कोरोना भाईरसको कारण देखाउदै दुर्गा पुजा र मुर्ति बिर्सजन नगर्न भन्दै स्थानीय प्रशासनले जारी गरेको निर्देशन प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गंभीर ध्यानाकषर्ण भएको जनाएको छ । पार्टीले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै बर्षौ देखि दशै तिहार, छठ लगातयका चाडमा गरिदै आएको पुजापाठलाई रोक्नु गलत रहेको जाएको छ ।

पार्टी अध्यक्ष नारयण बहादुर सिंह लगायतले ज्ञापन पत्र बुझाएका थिए ।

अन्य क्षेत्र खुकुलो रहेका बेला अहिले कोरोनोका बाहानामा मुर्ति पुजा र बिर्सजन नगर्न नदिनुले प्रशासनको नियतमाथी शंक ागनै ठाउ रहेको पाटीृ अध्यक्ष नारायण बहादुर सिंहले बताए ।

सामाजिक दुरी, स्वास्थ्यको मापदण्ड र सिमित ब्यक्तिको सहभागीतामा दुर्गा मुर्ति पुजा र बिसर्जन गर्न दिनु पर्ने सिंहले माग गरे ।

सम्बन्धित् समाचार