गृहपृष्ठ खबर दाङमा बस दुर्घटना, १६ जना यात्रु घाइते

दाङमा बस दुर्घटना, १६ जना यात्रु घाइते

प्रकाशित मिति:

दाङ : दाङमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको हुँदा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ‘रिफर’ गरिएको छ।

अन्य १२ जना घाइतेहरूको भने तुलसीपुरमै उपचार भइरहेको छ। बैबाङदेखि तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ७८४८ नम्बरको बस दंगिशरण गाउँपालिका वडा नं. ५ को पोटली चोकनजिकै बिहान साढे १० बजेतिर दुर्घटनामा परेको थियो।

बस अनियन्त्रित भई दुर्घटना परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

दुर्घटनालगत्तै चालक फरार रहेको हुँदा उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

 

सम्बन्धित् समाचार