गृहपृष्ठ खबर एकैदिन काठमाडौं उपत्यकामा थपिए २ हजार ३८८ नयाँ कोरोना संक्रमित

एकैदिन काठमाडौं उपत्यकामा थपिए २ हजार ३८८ नयाँ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

त्यसमध्ये काठमाडौंका २ हजार ८ जना, भक्तपुरका ९९ जना र ललितपुरका २ सय ८१ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। आज देशभर थप ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् भने २३३५ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

 

सम्बन्धित् समाचार