गृहपृष्ठ खबर खसी–बोका भिडिओ कल गरी बुकिङ गर्न सकिने

खसी–बोका भिडिओ कल गरी बुकिङ गर्न सकिने

प्रकाशित मिति:

काठमाण्डौ : भिडिओ कल गरेर खसी बोका छान्न सकिने भएको छ । दशैँ, तिहारलाई लक्षित गरि ई–फार्मले भर्चुअल खसी मेला गरिरहेको छ । उपभोक्ताले ई–फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी तथा च्याङग्रा छानी अर्डर गर्न सक्ने छन् ।

उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा च्याङग्रा अर्डर गर्न सक्ने छन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कात्तिक ९ गतेसम्म हुनेछ ।

कोरोना भाइरस सङ्कटका कारण बजारमा गएर खसी किन्दा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सक्ने, खसीको रङसमेत छान्न सक्ने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताउनुभयो । उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर, सफा गरेर डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।

फार्मबाट खसी किन्ने एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले पाँच प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउने छन् । त्यस्तै जिउँदो खसी, च्याङग्रा र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजीभन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

धनकुटा, बैतडी, उदयपुर, सल्यानलगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुरा ई–फार्ममा पाइन्छ ।

 

सम्बन्धित् समाचार