गृहपृष्ठ खबर कोरोना कहर अन्त्यको कामना गर्दै जिनुवामा नवरात्र भरी नवदुर्गा पूजा

कोरोना कहर अन्त्यको कामना गर्दै जिनुवामा नवरात्र भरी नवदुर्गा पूजा

प्रकाशित मिति:

बाणगंगा नगर पालिका ९ जिनुवा मा दशैको आगमन सङ्गै विर्हत दुर्गा मन्दिर को निर्माण सङ्गै पूजाआजा शुभारम्भ गरिएको छ् । मन्दिरमा
बरिश्ठ पं ॠषिकेश पोख्रेल र राम प्रशाद मरासिनीबाट नवरात्र भरी नवदुर्गा पूजा आरम्भ भईरहेको छ। उक्त मन्दिर खजिपुर सामुदायिक बनको बिशेष लगानी सङ्गै स्थानिय उपभोक्ताहरुको अनुदानबाट निर्माण सम्पन्न गरिएको छ्।

मन्दिरको बिशेष बिशेषता ३० किलो बराबरको काँशको घन्टीपनी रहेको छ् उक्त घण्टी समाजसेवी तथा नव प्रभात बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष श्री यदुराम भुसालले सौजन्य गर्नुभएको छ् भने दुर्गाको मुर्ती खोजिपुर सामुदायिक बन बाट सौजन्य प्राप्त भएको छ् ।

बिगतका बर्षहरुमा भलवाडका प्राय: सबैजसो दुर्गा मन्दिरमा पश्चिमाञ्चलको बिशेषता दशैको सरायँ नाच हुँदै आएको थियो। तर यो पाली कोभिड को संक्रमणका कारण हुने नहुने कुरामा अझैसम्म अन्योल नै रहेको कुरा समाजसेवी हरु बताउछन। मन्दिरको कार्यक्रम को अध्यक्ष्यता श्री थमन शिङ थापा सचिब बिष्णु भुसाल र् उपाध्यक्ष्य श्री कमल प्रशाद पौडेल रहनुभएको छ्। मन्दिरको निर्माण सम्पन्न हुँदासम्म करिब चौध लाख रुपैया खर्च भइसकेको कुरा समितिले जनाएको छ्। देबिको आराधना दुर्गा पूजा सङ्गै यो बिषम परिस्थिती को अन्त्यको कामना गरिएको छ् ।

सम्बन्धित् समाचार