कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगरमा २० बर्ष देखि बन्द रहेको पुरानो घरमा अस्थिपन्जर फेला परेको छ । बेलुकी साढे पांच बजे कृष्णनगर नगरपालिका–२ गुरुद्वारा स्थित नन्दलाल अग्रवालको भत्केको जीर्ण भवनमा अज्ञात मानिसको अस्थिपन्जर फेला परेको छ ।
लगभग २० बर्ष पहिलेदेखि बस्न छाडेको नन्दलाल अग्रवालको छिमेकिको घर मर्मत गरि रहेको घरका कामदारले नन्दलाल अग्रवालको घरमा अस्थिपन्जर देखेपछि प्रहरीलाई खबर गरेका हुन । कृष्णनगर प्रहरीले खबर पाउने वितिकै घटना स्थलमा पुगि अस्थिपन्जरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
अस्थिपन्जरबारे थप अनुसन्धानका लागि फोरेन्सिक टेस्ट गराउन टिचिङ्ग अस्पताल काठमाडौं पठाइएको इप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जनाएका छन । अस्तिपन्जर फेला परेपछि कृष्णनगरका स्थानीय जनता तथा व्यापारीहरुमा त्रास सृजना भएको उद्योग वाणिज्य संघ कृष्णनगरका पुर्व अध्यक्ष गुरुशरण सिंहले बताए ।
कृष्णनगर बजार भारतीय सिमासंग जोडिएको जिल्लाकै मुख्य नाका रहेकोले संदिग्ध घटनाहरुबाट व्यापारीमा त्रास फैलाउँदै आएको पूर्व अध्यक्ष सिंहले बताए ।