गृहपृष्ठ खबर बाणगंगाबाट पक्राउ परेका १२ जुवाडे २५/२५ हजार धरौटीमा छुटे

बाणगंगाबाट पक्राउ परेका १२ जुवाडे २५/२५ हजार धरौटीमा छुटे

प्रकाशित मिति:

चार नम्बर जीतपुर : जुवा खालबाट पक्राउ परेका बाणगंगाका १२ जना जुवाडे धरौटीमा छुटेका छन् । ईलाका प्रहरी कार्यलय पिपराले दिएको जानकारी अनुसार उनीहरु जनही २५/२५ हजार धरौटी रकम बुझाएर छुटेका हुन् । पक्राउ गरिएको चार दिनपछि शनिबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको थुनचेक बहस सकिए लगत्तै जनही २५/२५ हजारमा जुवाडे छुटेका हुन । जुवाडेहरु बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जुवाडेहरुलाई कार्तिक ११ गते मंगलबार बाणगंगाको बनगाईस्थित एक काष्ठ उद्योगमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको थियो । विभिन्न व्यापारिक तथा राजनीतिक घरनासँग सम्बद्ध उनीहरु प्रहरी हिरासत छल्नलाई शक्ति केन्द्रमार्फत प्रहरीलाई दबाब दिएका थिए ।

पक्राउ परे लगत्तै प्रहरीमाथि विभिन्न राजनीतिक दलका नेताहरुले समेत दबाब दिएका थिए । चाडपर्वको समयमा जुवातास खेल्ने जुवाडेको संक्रियता बढ्ने भएकाले प्रहरीले नियन्त्रणमा तत्परता देखाएको छ ।

 

 

 

सम्बन्धित् समाचार