गृहपृष्ठ खबर सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना पुष्टि

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना पुष्टि

प्रकाशित मिति:

डडेल्धुरा : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको उनमा कोरोना देखिएको हो।

आफ्नो कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए।

‘कोभिड–१९ संक्रमणमा परियो। छिटो पराजित गरेर सामान्य जीवनमा फर्किने विश्वास साथ, निकट सम्पर्कमा रहेका मित्रहरुलाई स्वास्थ परीक्षण गरेर आइसोलेसनमा रहन अनुरोध छु, मन्त्री शाहले लेखेका छन्।

मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको जनाइएको छ। उनी अहिले होम आइसोलेसनमा छन्।

सम्बन्धित् समाचार