गृहपृष्ठ खबर टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

पोखरा : पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीमा भएको टिपर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । मृतकमा बाराको सिमरा घर भएका चालक रामहरी थापा र सोही ठाउँका सहचालक राजन्द्र चौधरी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार दिउँसो सल्लाघारीको भित्री सडकमा होंग्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरेतर्फ गइरहेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिपर अनियन्त्रित भइ भीरबाट करिब ३ सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

 

सम्बन्धित् समाचार