गृहपृष्ठ खबर सात चिकित्सकसहित १७ जनामा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पताल बन्द

सात चिकित्सकसहित १७ जनामा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पताल बन्द

प्रकाशित मिति:

सन्धिखर्क : सातजना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ ।

 

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमसहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरेर १७ जनामा लक्षणसहितको कोरोना देखिएपछि प्रसूति र अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

चिकित्सक र स्वास्थ्यकर्मीमा  संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको  जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर डा. गौतमले जानकारी गराएका हुन् ।

 

सम्बन्धित् समाचार