कपिलवस्तु- कपिलवस्तुको सशस्त्र प्रहरी बि ओ पी मर्यादपुर डगंरीका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखको कडा एक्शनले अबैध कपडा र औषधी बरामद भएको छ ।
प्रहरी निरिक्षक सिखले नेपाल भारत सिमा नाकामा कडाई गर्नु भएको छ । सिखले भन्सारमय कडाई गरेसगं भारतबाट अवैधरुपमा भन्सार छली नेपाल भित्रीने अबैध समाग्री धमाधम पक्राउ भैरहेको छ ।
व्यापारीहरुले विभिन्न चोरबाटो हुँदै ठूलो मात्रामा कपडा र औषधी भित्र्याउँदा सिमा नाकामा गस्ती गर्ने प्रहरीलाई निकै चुनौति थापीए पछी सिखले कडा एक्शन चालेका हुन ।
सशस्त्र प्रहरीको बि ओ पी डगंरीका ईन्चार्जको नेतृत्वमा १ लाख २५ हजार रुपैयाँ भन्दा बढी मूल्यका औषधी, कपडा, मटर कोशा र खैनी बरामद गरि सुठौली भन्सार कार्यालयकामा चलान गरिएको बि.ओ.पी. मर्यादपुरका शसस्त्र प्रहरी निरिक्षक शंकर सिंह सिखले जनाकारी दिनुभयो ।
सिमा नाकाबाट चोरी गरि खाद्य पदार्थ नेपाल भित्रिँदा सुरक्षाकर्मीहरुलाई चुनौती थपिएको भएपनि कुनै पनि हालतमा चोरी नाकाबाट बिना भन्सारको सामाग्री नेपालमा भित्र्याउन नदिने सिखले बताउनु भयो ।
विशेषगरी कपिलवस्तुको मर्यादपुर, चाकरचौडा, हरदौना क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएको छ । प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई प्रभावकारी बनाए पनि खुला बोर्डर भएकोले विभिन्न बाटो हुदै बिना भन्सारको बिभिन्न किसिमको समान भित्रि रहेका छन ।