गृहपृष्ठ खबर सिद्धिपुर टोल बिकास समितिले बनायो चार नः जितपुर चोकलाई सुन्दर

सिद्धिपुर टोल बिकास समितिले बनायो चार नः जितपुर चोकलाई सुन्दर

कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नः जितपुर चोक अहिले निकै झकी झकाउ भएर रोचक देखिन थालेको छ । सिद्धिपुर टोल बिकास समितिले करिव २ हप्ता लगाएर चार नः जितपुर चोकलाई झकी झकाउ बनेको हो ।

बर्षौदेखि रङ रोगन समेत नभएको जितपुर तौलीहवा गेट र  चोक अहिले आएर भने निकै मन मोहक भएको छ ।
वडा नः ४ को सहकार्य र नगरपालिकाको लगानी जितपुर चोक अहिले निकै सुन्दर देखिन्छ ।

 

राजमार्गको केन्द्र र जिल्लाकै मुख्य बजार क्षेत्र भएकाले सौन्द्रयकरण गर्न आवश्यक रहेकाले वडाकै पहलमा नगरपालिकाले सिद्धिपुर टोल बिकास समिति मार्फत काम गरीएको वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।

बिकास भनेको नया निमार्ण मात्र नभएर पुराना भौतीक संरचनाको ब्यवस्थापन र संभार पनि रहेकाले टोल बिकास समिति मार्फत करिव २ लाख खर्च गरेर आवश्यक उपकरण समेत जडान गरिएको टोल बिकास समितिका अध्यक्ष तथा युवा समाजसेवि बुद्धि बहादुर रोकाहा( दिनेश क्षेत्री)ले बताए । जितपुर तौलीहवा गेटमा समय र तापक्रम देखाउने डिजिटल स्क्रीन समेत राखीएको क्षेत्रीले बताए ।

 

सम्बन्धित् समाचार