चार नम्बर जीतपुर : शनिबार मात्रै कपिलवस्तुमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा मात्रै २२, बुद्धभूमी नगरपालिकामा ३, कृष्णनगर, वाणगंगा र शुद्धोधन गाउँपालिमाका एक–एक कोरोना संक्रमित थपिएका हुन् । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शसस्त्र प्रहरी बाहिनीमा कार्यरत २२ जना प्रहरीमा कोरोना पोजिटेभि देखिएको बताईएको छ ।
यो संगै जिल्लामा जम्मा संक्रमितको संख्या १ हजार ८ सय २५ पुगेको छ । हाल सम्म १ हजार ७ सय १७ जना निको भएका छन् । कपिलवस्तुमा संक्रिय संक्रमितको संख्या ९४ रहेको पुगेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भईसकेको छ ।