गृहपृष्ठ खबर सांसद पन्थीको पहलमा आफनो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री

सांसद पन्थीको पहलमा आफनो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री

प्रकाशित मिति:

कपिलवस्तु क्षेत्र न १(क) का सांसद विष्णु पन्थीको पहलमा आफनो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पन्थीको पहलमा आफनो क्षेत्र अन्र्तगत बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउपालिकाका सामुदायिक बिद्यालयहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका हुन ।
शिक्षा क्षेत्रको बिकासनै बिकासको पहिलो आधार भएको बताउदै कपिलवस्तुलाई शैक्षिक क्षेत्रमा अगाडी बढाउन सबै मिलेर जान आवश्यक रहेको बताएका छन ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कपिलवस्तुका अध्यक्ष रमेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष झबिलाल पोख्रेल, नेपाल राष्ट्रिय शिक्षक सगंठनका कोषाध्यक्ष बिष्णु भण्डारी, लुम्बिनी प्रदेश महासघंका उपमहासचिब लिला खनाल लगायतले आआफनो धारणा राखेका थिए ।

सांसद पन्थीको पहलमा नेपाल राष्ट्रिय शिक्षक सगंठनले साइन रेसुङगा बिकास बैंकको सहकार्यमा २ लाख ५० हजार बराबरको मास्क र साबुन बितरण गरेको हो ।संगठनका अध्यक्ष रमेश पन्थीले बाकी रहेका बिद्यालयलाई पनि स्वास्थ्य सामाग्री प्रदान गरिने बताए । कार्यक्रम जनता मावि पिपरामा भएको हो ।

सम्बन्धित् समाचार