बुटवल : रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्को मृत्यु भएको हो ।
लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा सोमबार अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किदा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुमबहादुर केसीले बताए ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैस्ववियु निर्वाचन चैत ५ गते !
७ घण्टा अघि