गृहपृष्ठ खबर पूर्वी नवलपरासीको एक सामुदायिक वनभित्र गैंडा मृत फेला

पूर्वी नवलपरासीको एक सामुदायिक वनभित्र गैंडा मृत फेला

प्रकाशित मिति:

नवलपरासी : पूर्वी नवलपरासीको एक सामुदायिक वनभित्र गैंडा मृत अवस्थामा फेला परेको छ । कावासोती नगरपालिका-१३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ५र६ महिनाको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर प्रमुख पशुपति अधिकारीले भाले र पोथी गैंडाबीच समागम हुने बेला बच्चा गैंडा आएपछि भाले गैंडाले हानेर बच्चा मरेको हुन सक्ने बताए ।

एक वर्षयता विभिन्न कारणबाट गैंडा मर्ने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासीमा यो समेत गरी चालू आर्थिक वर्षमा ५ वटा गैंडा मरेका छन् ।

 

सम्बन्धित् समाचार