नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानको पहलमा पिपरा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग प्रदान भएको छ । सासंद कमालको पहलमा कतार च्यारिटिको आर्थिक सहयोगमा पिपरा अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको हो ।
अस्पताललाई ११ लाख बढिको उपकरण हस्तान्त्रण गरिएको हो । युएस जि मेसिन, हस्पीटल बेड, पेसेन्ट ट्रली, विल चीयर लगायतका उपकरणहरु अस्पताललाई हस्तान्त्रण गरिएको हो । सो अवसरमा स्वास्थ्य उपकरण प्रदान गर्न लागी पहल गरेको भन्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डांगी कतार च्यारिटिका राष्ट्रीय ब्यवस्थापक ईरसाद सेख लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रममा वडा नः २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेल , लुम्बिनी एकिकृत बिकास सस्था (लिडो) का कपिलवस्तु संयोजक सुनिता बेल्बासे, बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि, पिपरा अस्पतालका निमित्त मेसु रञ्जीता महत्तो लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।