कपिलवस्तु नगरपालिका ११ पचेहराका मोहमद हनिफले निशुल्क नास्ता पसल पाएका छन । अपाङगता दिवसको अवसरमा कतार च्यारिटिको सहयोग र लुम्बिनि एकिकृत योजनाको सहयोगमा हनिफले निशुल्क नास्ता पसल पाएका हुन ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सासंद अत्तहर कमाल मुसलमानको पहलमा उनले करिव १ लाख ७० हजारको लगानीमा नास्ता पसल पाएका हुन । हानिफले यस अघि त्यही एउटा सानो टंकीमा अण्डा बेच्दै आएका थिए ।
फरक क्षमता भएकालाई जिविका पार्जनका लागी सजिलो होस भन्नका लागी सहयोग गरिएको सासंद अत्तहर कमाल मुसलमानले बताए ।
निशुल्क नास्ता पसल सञ्चालन गर्न पाउदा निकै खुशी भएको बताउदै हनिफले सांसद कमाल र कतार च्यारिटिका लागी नेपालका राष्ट्रीय ब्यवस्थापक इरसाद अलि सेखलाई धन्यवाद दिए ।
आज मात्र कतार च्यारिटिको सहयोग र लुम्बिनि एकिकृत योजनाको सहकार्यमा कपिलवस्तुका ३ जनालाई नास्ता पसल र ३ जनालाई किराना पसल सहयोग भएको लिडोकी कपिलवस्तुकी कार्यक्रम संयोजक सुनिता बेल्बासेले जानकारी दिइन ।