गृहपृष्ठ खबर कपिलवस्तु पचेहराका फरक क्षमता भएका हनिफले पाए निशुल्कमा नास्ता पसल

कपिलवस्तु पचेहराका फरक क्षमता भएका हनिफले पाए निशुल्कमा नास्ता पसल

कपिलवस्तु नगरपालिका ११ पचेहराका मोहमद हनिफले निशुल्क नास्ता पसल पाएका छन । अपाङगता दिवसको अवसरमा कतार च्यारिटिको सहयोग र लुम्बिनि एकिकृत योजनाको सहयोगमा हनिफले निशुल्क नास्ता पसल पाएका हुन ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सासंद अत्तहर कमाल मुसलमानको पहलमा उनले करिव १ लाख ७० हजारको लगानीमा नास्ता पसल पाएका हुन । हानिफले यस अघि त्यही एउटा सानो टंकीमा अण्डा बेच्दै आएका थिए ।

 

फरक क्षमता भएकालाई जिविका पार्जनका लागी सजिलो होस भन्नका लागी सहयोग गरिएको सासंद अत्तहर कमाल मुसलमानले बताए ।
निशुल्क नास्ता पसल सञ्चालन गर्न पाउदा निकै खुशी भएको बताउदै हनिफले सांसद कमाल र कतार च्यारिटिका लागी नेपालका राष्ट्रीय ब्यवस्थापक इरसाद अलि सेखलाई धन्यवाद दिए ।

 

आज मात्र कतार च्यारिटिको सहयोग र लुम्बिनि एकिकृत योजनाको सहकार्यमा कपिलवस्तुका ३ जनालाई नास्ता पसल र ३ जनालाई किराना पसल सहयोग भएको लिडोकी कपिलवस्तुकी कार्यक्रम संयोजक सुनिता बेल्बासेले जानकारी दिइन ।

सम्बन्धित् समाचार