गृहपृष्ठ खबर गुलरियामा बस दुर्घटना हुँदा ३२ जना घाइते, बस चालक भने फरार

गुलरियामा बस दुर्घटना हुँदा ३२ जना घाइते, बस चालक भने फरार

प्रकाशित मिति:

बर्दिया : नेपालगन्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस पल्टिँदा शुक्रबार साँझ ३२ जना घाइते भएका छन् । तीमध्ये एकजना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो ।

घाइतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ६० वर्षीया माण्डवी थापालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।

तीव्र गतिमा गुडेको बस अनियत्रित भइ पल्टेको हो । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार