गृहपृष्ठ खबर काठमाडौंबाट बलात्कार आरोपमा ‘तेस्रो लिंगी’ पक्राउ

काठमाडौंबाट बलात्कार आरोपमा ‘तेस्रो लिंगी’ पक्राउ

काठमाडौं : युवती बलात्कार गरेको आरोपमा तेस्रो लिंगी सागर केसी उर्फ शारदालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले काठमाडौं–२८ बागबजार बस्ने २४ बर्षीय शारदालाई पक्राउ गरेको हो ।

दिउँसो केटा र राती केटीको रुप धारण गरेर हिँड्ने शारदाले २६ बर्षीया युवतीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सुनिलजंग शाहले बताए ।

शारदाले मंसिर १२ मा मध्यराती खुल्लामञ्च नजिकै बलात्कार गरेको आरोप लागेको छ । सल्यान कुमाखमालिका गाउँपालिका–७ घर भएका उनलाई पक्रेर प्रहरीले बलात्कार मुद्धामा अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित् समाचार