गृहपृष्ठ खबर लुम्बिनी प्रदेशमा ९८३ जना हरित स्वयंसेवक नियुक्त

लुम्बिनी प्रदेशमा ९८३ जना हरित स्वयंसेवक नियुक्त

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण गरिने छ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउँदै, कृषि तथा पशुसेवालाई स्थानीयस्तरमा पुर्‍याउन कार्यक्रमले सहयोग मिल्ने वरिष्ठ पशुसेवा अधिकृत परवेज आलमले बताउनुभयो । नियुक्त भएका स्वयंसेवकले कृषि फार्म वा व्यवसाय सञ्चालन गरी नमुना कृषि उद्यमीको रुपमा आफ्नो पहिचान बनाउनुपर्नेछ ।

तालिममा सिकेका प्राविधिक ज्ञान आफ्नो क्षेत्रका किसानलाई सिकाउने तथा किसानलाई आवश्यक पर्ने उत्पादन सामग्रीको माग र आपूर्तिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्नेछ ।

प्रदेशमा रहेका १२ जिल्लाका ९८३ वडाबाट एकरएकजना स्वयंसेवक छनोट गरिएको हो ।

 

सम्बन्धित् समाचार