गृहपृष्ठ खबर उधारो खाएको १०० रुपैया माग्दा पसलेको ज्यानै गयो

उधारो खाएको १०० रुपैया माग्दा पसलेको ज्यानै गयो

प्रकाशित मिति:

वीरगंज : आनन्द थारुले उधारो खाजा खाएको तिरेका थिएनन् । आफ्नो पसलमा खाजा खाएको एक सय रुपैयाँ महिनौसम्म नतिरेपछि उमेश सहनीले मागे । दुवैबीच विवाद भयो । त्यसक्रममा थारुले सहनीलाई कुटपिट गरे ।

यो घटना पर्साको पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर टाँडीको हो । खाजा पसल थापेको उमेश सहनीले आनन्द थारुसँग मंसिर २४ गते खाजा खाएबापत उधारो एक सय माग्दा कुटेका थिए ।

घाइते सहनीको न्युरो अस्पतालमा उपचारको क्रममा आज ज्यान गएको हो । कुटपीट गर्ने थारुलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

 

सम्बन्धित् समाचार