गृहपृष्ठ खबर बाणगंगा २ को उदारणीय काम, महिला स्वयंसेविकालाई साइकल र सम्मान

बाणगंगा २ को उदारणीय काम, महिला स्वयंसेविकालाई साइकल र सम्मान

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ ले उदारणीय काम गरेको छ । वडा भित्र रहेका ११ जना महिला स्वयंसेविका लाई वडाले साइकल प्रदान गर्दै सम्मान समेत गरेको हो ।

वडा नः २ को कार्यालय पिपरामा भएको कार्यक्रममा बिगत २७ बर्षदेखि महिला स्वयम सेविकाको काम गर्दै आएकालाई आज वडाले सम्मान गरेको हो ।

 

सम्मान पाएपछि महिला स्वयमसेविका बिन्द्रा पोखरेलले वडाले सम्झेकोमा धन्यवाद समेत दिइन ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बाणगंगामा रहेका ११२ जना महिला स्वयम सेविकाको काम उल्लेखनीय रहेको बताउदै नगरपालिकाले अवकाश लिदा सक्दो सहयोग गर्ने समेत बताए ।

त्यस्तै वडा अध्यक्ष बिष्णु पौडेलले वडा भित्रका सबै क्षेत्रलाई अगाडी बढाउन लागेको भन्दै आफनो कार्यकालमा बोलेका कुरा पुरा गरेरै छाडने बताए ।

सम्बन्धित् समाचार