कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नम्बर ४ स्थित पिपरीमा अपांगता भएका ब्यक्तिहरुको नेतृत्व विकास तालिकसंगै सामग्री प्रदान गरिएको छ । वडा कार्यालयको सहयोगमा लुम्बिनी अपाङ्गता विकास केन्द्र कपिलवस्तुले अपाङ्गता भएकालाई नेतृत्व विकास तालिमा संगै सहायक सामग्री वितरण पनि गरिएको हो कार्यक्रममा सेतो छडी ५ जनालाई बाकर एक, बैशाखी एक वटा, स्टेलस वे्रल पेपर १ जनालाई, जनालाइृ प्रदान गरिएको थियो ।
कार्यवाहक वडाध्यक्ष रामरक्षा यादवले सो सामग्री हस्तातन्ण गर्दै वडाले फरक क्षमता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राखेको बताए । उनले आगमी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गरिने बताए । सो अवसरमा अपांगका अगुवा देबी राम पोख्रेलले अपांगता भएका ब्यक्तिहरुलाइृ दया नभै अधिकार सहीतको अवसर दिनु पर्ने बताए ।
केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले अपांगता भएका ब्यक्तिहरुलाई सबेैले अवसर दिनु पर्ने बताए । उनले अवसर र अधिकार दिइए हौसला बढने बताए । कार्यक्रम आरिराम चौरसियाको अध्यक्षता र सुचिता श्रीवस्तवको संचालनमा भएको थियो ।