कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशन नजिकिदै जादा चुनावी माहोल तात्न थालेको छ । माघ २३ गते हुन लागेको कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशनका लागी चुनावी माहोल तात्न थालेको हो । अधिवेशन नजिकिदै जादा महासचिवमा पदका लागी अहिले सम्म दुई जनाको नाम चर्चामा रहेको छ ।
जसमा मनोज पौडेल र लक्षमण्म भुसालको नाम चर्चामा छ । पहिलो प्यानल अन्र्तगत दुवै जना उमेदवारहरु महासचिव पदका लागि नेपाली काग्रेस अन्र्तगतका रहेका छन । यद्यपि नेकपा बाट भने महासचिव पदका लागी कोहि उमेदवार देखिएका छैन्न । भुसाल बाणगंगा यातायात ब्यवसायी समितिका ३ पटक महासचिव भई अन्य बिभिन्न सघंसस्थामा आवद्ध रहेका छन भने मनोज पौडेल पनि कपिलवस्तु उद्योग बाणिज्य सघंको सचिव भई दर्जनौ सामाजिक सघं सस्थामा रही काम गर्दै आएका छन । दुवै बलिया दाबेदार रहेको बुझिएको छ ।
यद्यपि सहमतिका आधारमा नेतृत्व छनोटका लागी दुवै तर्फ कार्यदल समेत बनेको छ । जसमा काग्रेसबाट बिष्णु थापा र नेकपाबाट डम्मर शर्मा रहेका छन ।