कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवास्थित जवई खोलामा एक १६ वर्षीया किशोरीको शव फेला परेको छ । मदवाका मान बहादुर रोक्काको १६ वर्षीया छोरी दिपा रोक्काको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
शनिबार घरदेखी हराएकी दिपाको गाँँउ नजिकै खोलामा शब फेला परेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजे स्थानियले खोला नजिकै घाँस काट्न जादाँ शब देखेपछी प्रहरीलाई खबर गरेका थिए । सो घटनाको विषयमा थप अनुसान्धान भैरहेको प्रहरी निरिक्षक खरेलले बताउनु भयो । घटना स्थलमा प्रहरी पुगेर बालिकाको शब नियन्त्रण लिइ अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।
दिपाको हत्या हो की आत्मा हत्या खुल्न नसकेको प्रहरीले जनाएको छ । दिपा शनीबार देखी घर देखी हराए पनि परिवारले आज मात्र प्रहरीलाई दिपा हराएको खबर गरेको थियो । – रासस