चार नम्बर जीतपुर : कपिलवस्तु सामुदायिक अस्पताल चार नम्बर जीतपुरमा आज हिमोफिलिया सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल हिमोफिलिया सोसाईटी लुम्बिनी प्रदेश बुटवलको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको हो । प्रदेशमा हिमोफिलिया युक्त व्यक्तिको दर बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरि नगरका विभिन्न निकायका व्यक्तित्वहरुबीच छलफल कार्यक्रम गरिएको थियो ।
डाक्टर दिपेन्द्र चन्दले हिमोफिलिया एक बंशाणुगत समस्या भएको तर कसैकसैमा बंशाणुगत नभएर अन्य कारणले पनि हुन सक्ने भन्दै हिमोफिलिया सम्बन्धी सम्पूर्ण जानकारी दिनुभएको थियो ।
नेपालमा हालसम्म ६८७ जना हिमाफिलियायुक्त व्यक्तिहरु सोसाईटीको सम्पर्कमा रहेको आयोजकले जनाएको छ । औषधीको अभावमा प्रत्येक बर्ष ४÷५ जना हिमाफिलियायुक्त व्यक्तिहरुले ज्यान गुमाईरहेका छन् ।
हाल लुम्बिनी प्रदेशमा ७० जना हिमाफिलियायुक्त व्यक्तिहरु रहेको सोसाईटीले जनाएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी लक्ष्मी अर्यालले गर्नुभएको थियो ।