गृहपृष्ठ खबर मुख्यमन्त्री पौडेलले उपनेता जमरकट्टेल र सचेतक माझीलाई पदबाट हटाए

मुख्यमन्त्री पौडेलले उपनेता जमरकट्टेल र सचेतक माझीलाई पदबाट हटाए

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मंगलबार मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् ।

 

प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको बताइएको छ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड–नेपाल समूहका हुन् । पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

सम्बन्धित् समाचार