गृहपृष्ठ खबर बन्दको प्रभाव छैन, एक मिनेटपनि कपिलवस्तु बन्द हुदैन ः कपिलवस्तु प्रहरी

बन्दको प्रभाव छैन, एक मिनेटपनि कपिलवस्तु बन्द हुदैन ः कपिलवस्तु प्रहरी

प्रकाशित मिति:

कपिलवस्तुमा वन उपभोक्ताहरुले पौष १६ गते अर्थात बिहिबार घोषणा गरेको कपिलवस्तु जिल्ला यातायात बन्दलाई रोक्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बन सञ्जालले बन्दको यातायात बन्दको घोषणा गरेपनि यातायात सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख नबराज अधिकारीका अनुसार बन्द रोक्न ठाउठाउमा प्रहरी परिचालन गरिने र एक मिनेट पनि राजमार्ग बन्द नहुने उहाँले बताउनुभएको छ ।

यातायात बन्दको घोषणाले माग पूरा हुदैन बिकल्प अरु पनि छन यसरी आमहडताल गर्दै जनतालाई सास्ती दिएर बन्द गर्न नदिने उहाको भनाई छ । यता सरकारले वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै प्रदर्शन जारी राखेका छन् । उनीहरुले हिजो कपिलवस्तुको चन्द्रौटा डिभिजन वन कार्यालय घेराउ समेत गरेका छन् ।

सामुदायिक तथा साझेदारी बनका उपभोक्ताहरुले सरकारले गरेको निर्णय बिरुद्ध प्रर्दशन समेत गरेका थिए । वैज्ञानिक वन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पटक पटक माग गरेपनि त्यसलाई सरकारले बेवास्ता गरेका कारण सडकमा उत्रिन परेको आक्रोश व्यक्त गरेका थिए ।

 

जेष्ठ १५ गते गरेको मन्त्रीपरिषदको निर्णय असान्दर्भीक, हचुवाको भरमा ल्याइएको, यो नीतिले विदेशी काठको आयात बढ्ने र नेपाली काठ जंगलमै कुहिने अवस्था आएकोले निर्णय सच्याउन आग्रह गरेको समितिका संयोजक रेनु सेनले जानकारी दिनुभयो । ११ बजेबाट १ बजेसम्म राजमार्ग बन्द गरिने बताइएको छ ।

सम्बन्धित् समाचार