गृहपृष्ठ खबर मन्त्री प्रभु साह भन्छन्- सर्लाहीमा झुक्किएर मेरो गाडीमा व्यक्ति लडेको हो

मन्त्री प्रभु साह भन्छन्- सर्लाहीमा झुक्किएर मेरो गाडीमा व्यक्ति लडेको हो

प्रकाशित मिति:

काठमाडौं : सहरी विकास मन्त्री प्रभु साहले सर्लाहीमा आफू चढेको गाडीले पैदलयात्रुलाई ठक्कर दिएको घटनाबारे ध्यानाकर्षण भएको बताएका छन्। फेसबुकमा स्ट्याटस लेख्दै साहले सर्लाहीमा आफ्नो गाडीमा झुक्किएर लडेको व्यक्तिलाई केही नभएकोले ढुक्क भएर हिँडेको सामान्य विषय भएको बताएका छन्।

उनले ‘ठक्कर दिएर भागे’ भनेर आफूलाई बदनाम गरिएको उनको दाबी छ। उनले प्रहरीले प्रहरीले आफ्नो गाडी भएको खुलेको भनी भ्रमपूर्ण अभिव्यक्ति दिएको दाबी गरे। साहले सुरक्षा दिनु र सवारी सहजीकरणको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाएको दाबी गरे।

साह चढेको ना१झ ३८४२ नम्बरको गाडीले शनिबार दिउँसो हरिवन नगरपालिका-१० मा सर्वसाधारणलाई ठक्कर दिएको थियो।

मन्त्री सवार गाडीले बाटो काटिरहेका लालबन्दी नगरपालिका-८ का बच्चु तामाङलाई ठक्कर दिएको थियो। उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ।

 

सम्बन्धित् समाचार