नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले कपिलवस्तु नगरपालिकाको तौलिहवा, महाराजगंज नगरपालिकाको गैडाहवा, शिवरानगरपालिकाको रुद्रपुर, कृष्णनगर नगरपालिकाको गोलघर, बुद्धभुमी नगरपालिकाको ईमिलिया, बाणगंगा नगरपालिको चार नम्बर जितपुर बिजयनगर गाउपालिकाको पिपरी, यशोधरा गाउपालिकाको रंगपुर मायादेबीको चाकरचौडा र सुद्धोदन गाउपालिकाको लवनीमा बिरोध कार्यक्रम संपन्न गरिएको हो । कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका थिए । बाणगंगा नगरपालिकाको जितपुरमा मंगल प्रसाद थारुको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अतहर कमाल, बाल कुमारी अधिकारी शक्ति सिंह ठकुरी, रबि काफ्ले, हरिाज घिमिरे बिरेन्द्र थापा लगायतले मन्तब्य दिएका थिए ।
यस्तै महराजगंज नगरपालिकामा रामअचल तिवारीको अध्यक्षता गंगेश तिवारीको संचालन र मेयर मेयर तथा पाटीृका ििजल्लाा उप सभापति अब्दुल कलाम खाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बुद्धु्भुमीको ईमिलियामा माधव दमासेको अध्यक्षता कृष्ण बन्जाडेको संचालनमा भएको कार्यक्रममा पार्टी सभापति सुरेन्द्रराज आचार्य केशव कुमार श्रेष्ठ बिरेन्द्र मिश्रा, मनिा केसी लगायतले बोलको थिए । शिवराजनगरपालिकामा मधुसुदन पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, पाटीै सविच प्रेम बहादुर रायमाझी लगातले मन्तब्य दिएका थिए ।
यस्तै कृष्णनगरमा चुन्ना उपाध्ययाको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य शाहले मन्तब्य दिएका थिए । कपिलवस्तु नगरपालिकाको तौलिहवामा प्रशान्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सोहरत तेली, प्रकाश घिमिरे लगायतले मन्तब्य दिएका थिए । यशोधरा गाउपालिकामा दिनेश पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेय, गाउपालिका प्रमुख गिरजेश पाण्डेय लगायतले मन्तब्य दिएका थिए । मायोदेबीको चाकरचौडामा तवारक मुसलमानको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमाल, नेता दिप कुमार उपाध्याय, कमलेश कुमार शर्मा राजशे आचार्य, बोलीउद्दीन मुसलमानले मन्तब्य दिएका थिए । सुद्धोदन गाउपालिकाको बिशंभर चौधरीको अध्यक्षता भएको कार्यक्रममा केन्द्रिय सदस्य कमाल, दिप कुमार उपाध्यया, कमलेश कुमार शर्मा, राजेश आचार्य लगायतले मन्तब्य दिएका थिए ।