चन्द्रौटा : कपिलवस्तुले शिवराज नगरपालिका ३ कटुवामा निर्माण गरीएको सामुदायिक भवन भत्काउन जिल्ला अदालतले दिएको आदेशविरुद्ध स्थानियले अवरोध सिर्जना गरेका छन् । समुदायको लागि निर्माण भएको सामुदायिक भवनले कसैलाई समस्या नपारेको भन्दै राजनितिक कारणले भवन बिरुद्ध मुद्धा दायर भएको स्थानियहरुले बताएका छन् ।
शिवराज नगरपालिकाको आर्थिक बर्ष २०७४।७५ मा विनियोजित रकम रु. ५ लाख र स्थायिनहरुको श्रमदानमा उक्त भवन निर्माण भएको थियो । आज आइतवार प्रशासनले भवन भत्काउने तयारी गरेको भन्ने थाहा पाए लगत्तै स्थानियहरु कुनै पनि हालतमा भवन भत्काउन नदिईने भन्दै जम्मा भएका थिए ।
एक व्यक्ति आदिको स्वार्थका कारण समुदायको हित विपरित काम गर्न नदिने भन्दै स्थानीयहले आक्रोशी भएका थिए । कटुवा गाँउका एक व्यक्तीको घर अगाडी सामुदायिक भवन निर्माण गरेको भन्दै अदालतमा मुद्धा दायर भएको छ ।
बल प्रयोग गरी भवन भत्काउँदा हिंसात्मक गतिबिधि बढन सक्ने भन्दै पुनः एकपटक छलफल गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ ।