बुटवल : लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले ‘लेन अनुशासनको लागि चालकसँग ५ मिनेट’ अभियानको सुरु गरेको छ। राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई लेन अनुशासन पालना गराउन अभियानको सुरुवात गरिएको प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी डम्बर विकले बताए।
बुटवलको राजमार्ग चौराहदेखी भैरहवासम्मको सडकलाई लक्षित गरी चालकसँग पाँच मिनेट कार्यक्रम चलाइएको उनको भनाइ छ।
आइतबारदेखी बुटवलको कालिकानगर, तिलोत्तमाको मणीग्राम, भैरहवा लगायतका स्थानमा सवारीसाधनहरुलाई ५ मिनेट रोकेर लेन अनुशासनबारे जानकारी गराइएको छ। सवारी साधनका प्रयोगकर्ताले लेन अनुशासन पालना नगर्दा दुर्घटनाको जोखिम बढेको बढेको भन्दै चालकलाई प्रशिक्षण दिन थालिएको हो। यो क्रम एक हप्ता जारी रहने एसपी विकको भनाइ छ।