कपिलवस्तु ८ माघ
नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकाका ९६ बडामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै कांग्रेसले वडामा रहेको गाउबस्तीमा बिरोध कार्यक्रम संपन्न गरिएको हो ।
कार्यक्रममा वोल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका थिए । कार्यक्रममा ओली सरकार बिरुद्ध चर्को नाराबाजी गरिएको थियो । बिरोध प्रर्दशनकालागि कांग्रेस कपिलवस्तुले जिल्ला कार्य समितिका पदाधिकारी , सदस्य ,महाधिबेशन प्रतिनिधि लगातयका नेता कार्यकर्ता वार्ड बार्डृमा परिचानल गरेको थियो ।
कांग्रेस नेताहरुले ओलीले अधिनायकबाद लादन खाजेको, असंबैधानिक काम गरेको, भष्ट्राचार बढेको बताएका थिए । कांग्रेसले आलीको कदम बिरुद्ध देशका ६ हजार ७४३ बार्डमा बिरोध प्रर्दशन गरेको छ । यस अघि गत पुस २५ गते प्रदेश सभा निर्वाचन क्षेत्रमा गत माघ ३ गते पालिकामा समेत बिरोध प्रर्दशन गरेको थियो । बिरोध प्रर्दशनमा कांग्रेस नेताहरु अतहर कमाल, अभिषेक प्रताप शाह, राजेश सिंह, सुरेन्द्रराज आचार्य, राजेश आचार्य, सुधाकर पाण्डेय, कमलेश कुमार शर्मा लागतयका नेताहरुले बिभिन्न स्थानमा मन्तब्य दिएका थिए ।