बाणगंगा नगरपालिका वडा नः १ मा रहेको बाल माध्यमिक बैरीयामा अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालयको नया ब्यवस्थापन समिति र शिक्षक अभिभावक सघं गठनका लागी बिद्यालयमा अभिभावक भेला सम्पन्न भएको हो । जसबाट शिक्षक अभिभावक सघंको अध्यक्षमा सिता न्यौपाने चयन हुनु भएको छ भने अन्य ४ जना थप मेनानित गर्ने निर्णय भएको छ ।
त्यस्तै ब्यवस्थापन समितिका लागी गंगाराम चौधरी, पार्वति हमाल, मान कुमारी बिसि रन बहादुर परियार चयन भएका छन भने अन्य थप मनोनित गरी ब्यवस्थापन समिति गठन गरिने बिद्यालयका प्रार्चाय अर्जुन शाहीले बताए ।
भेला वडा नः १ की वडा अध्यक्ष बाल कुमारी अधिकारीको अध्यक्षता, बाणगंगा नगरपालिकाका शिक्षा अधिकृत कविराज भण्डारीको प्रमुख आथित्यता, बिद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष दोलकराम घिमिरेको बिशिष्ठ आथित्यता र शिक्षक सुर्य चुदालीको सञ्चालनमा सम्पन्न भएको थियो ।