गृहपृष्ठ खबर मौसम : फेरि सुरु भयो पश्चिमी वायुको प्रभाव

मौसम : फेरि सुरु भयो पश्चिमी वायुको प्रभाव

प्रकाशित मिति:

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन उल्लेखनीय मौसमी प्रणाली नभएकामा शुक्रबार साँझबाट पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको हो।

महाशाखाले शनिबार बिहान ६ बजे जनाएअनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ भने तराईमा हुसुरकुहिरो लागेको छ।

यसबाहेक बाँकी स्थानमा भने मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक र दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

 

सम्बन्धित् समाचार