गृहपृष्ठ खबर तौलिहवास्थित हुलाकी सडक आयोजनाको निर्माण कार्य अवरुद्ध

तौलिहवास्थित हुलाकी सडक आयोजनाको निर्माण कार्य अवरुद्ध

प्रकाशित मिति:

कपिलवस्तु : जनताले सडक क्षेत्रमा पर्ने ७ सय घरपसल हटाएर निर्माण अघि वढेको तौलिहवास्थित हुलाकी सडक आयोजनाको काम २ अर्ध सरकारी कार्यलयले अवरुद्ध पारेका छन् । विवरण अनुसार सडक क्षेत्र भित्र पर्ने १५ मिटरको संरचना समयमा नै नहटाईदा १० महिना ढिलो सुरु भएको कपिलस्तुको तौलिहवा स्थित हुलाकी सडकको निर्माण कार्यमा फेरी अवरोध सृर्जना भएको छ ।

खानेपानी पाईप र बिद्युतको पोल नहटाईदा अवरोध भएको हो । जमुहारको नहर देखि नयाटोल हुदैं छोटकी तौलिहवा स्थित मस्जिद सम्मको २३ सय ५० मिटरको निर्माण कार्यमा बिद्यतुको पोल र खानेपानी पाईले अवरोध सृर्जना गरेका हो ।

गत साउन यता सडक क्षेत्र भित्र पर्ने संरचना हटाईएपछि निर्माण कार्य तीव्र गतिमा बढेका थियो । तर अहिले खासगरी खानेपानी पाईप र बिद्यतुको पोल नहटाईदा कालो पत्रे गर्ने काम रोकिएको छ । हुलाकी सडक आयोजना कार्यान्वयन ईकाई गोरुसिंगेका ईन्जीनीयर बिरेन्द्र गूप्ताले खानेपानी पाईप र बिद्युतको पोल नहटाईदा कालो पत्रे गर्ने काममा अहिले बाधा भएको बताए ।

खानेपानी पाईप र बिद्यतुको पोलले गर्दा सो क्षेत्रमा अहिले निर्मााण् कार्य समेत सूस्ताएको छ । त्यहा अहिले मेडीयन र नाली निर्माणको सामान्य काम बाहेक अरु काम रोकिएको छ । यस बारे कपिलस्तु नगरपालिका, बिद्यतु प्राधिकरण र खानेपानी संस्थानलाई जानकारी गराइ सकिएको ईन्जीनीयर गुप्ताले बताए । बिद्यतु प्राधिकरणले केही दिन मै पोल हटाउनेृ काम सुरु गर्नेै जनाए पनि खानेपानी संस्थानले भने अहिले सम्म पाईप हटाउने बारे यकिन मिति दिएको छैन ।

‘बिद्युतको पोल भन्दा खानेपानीको पाईपले हामीलाई बाटो निर्माणको काममा अवरोध गरेको छ ’ ईन्जीनीयर गुप्ताले भने । खानेपानीको पाईप नहटाई सडकको बेस, सब बेस र पिचको काम अघि बढन नसक्ने गुप्ता बताउछन । खानेपानी संस्थानले अझै सम्म पाईप हटाउने बारे टेन्डर समेत निकालेको छैन ।

त्यस हिसाबले समेत बाटो निर्माणमा २ महिना बढी अवरोध आउन सक्ने देखिएको छ । बाटो निर्माणमा ढिलाई भए सर्वसाधारणले हिलो धुलोका कारण निकै सास्ती पाउने छन । निर्माण ब्यवसायी महासंघ कपिलवस्तुका निबर्तमान अध्यक्ष दिनेश हमालले बिद्युतको पोल र खानेपानी पाइप चाडै हाटई निर्मााण कार्य संपन्न गरिनु पर्ने बताए ।

‘अहिले त ठिकै छ बर्सातको मौसममा यही अवस्था रहे सर्वसाधारणले निकै सास्ती खेप्नु पर्नेछ ’ उनले भने । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले सडक क्षेत्रमा रहेका बिद्यतुको पोल र खोनपानी पाइप हटाउन आफुले सम्बन्धित निकायलाई आग्रह गरेको बताए ।

सम्बन्धित् समाचार