काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले बिहीबार बुटवलमा बृहत जनप्रदर्शन गरेको छ। नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा विरोध प्रदर्शन सम्पन्न भएको हो।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ। ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड माधव पक्षले निरन्तर सडक आन्दोलन गरिरहेको छ।