गृहपृष्ठ खबर क्यानडा पठाउने भन्दै ३३ जनाबाट ९० लाख ठगेको आरोपमा पक्राउ

क्यानडा पठाउने भन्दै ३३ जनाबाट ९० लाख ठगेको आरोपमा पक्राउ

प्रकाशित मिति:

काठमाडौं– क्यानडा पठाउने भन्दै विभिन्न जिल्लाका ३३ जना व्यक्तिहरूलाई ठगी गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायतका जिल्लाका ३३ जना व्यक्तिहरूलाई क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने नियतले रकम उठाएको भन्ने जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका ७ स्थायी घर भई पोखरा -३० शिसुवा बस्ने ३८ वर्षीय धिरज कुमार विश्वकर्मा पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास कुमार हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार विश्वकर्मा माथि आफू विगत लामो समय देखी विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरूमा धेरै मानिसहरू रोजगारको लागि पठाइसकेको भन्ने विश्वास दिलाएर ३३ जना व्यक्तिहरूबाट ९० लाख ७१ हजार पाँच सय रुपैयाँ उठाइ ठगी गरेको आरोप लागेको छ ।विश्वकर्माले पैसा उठाएका व्यक्तिहरूलाई विश्वासमा पार्नको लागि विभिन्न सहकारी संस्था र विकास बैङ्कहरूको चेक दिएको पाइएको डिएसपी हमालले जानकारी दिनुभयो ।यही माघ १३ गते पोखराको राम बजारबाट पक्राउ परेका विश्वकर्मालाई ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार