गृहपृष्ठ खबर बाणगंगाको आठौं नगरसभा फागुन ७ गते

बाणगंगाको आठौं नगरसभा फागुन ७ गते

प्रकाशित मिति:

चार नम्बर जीतपुर : बाणगंगा नगरपालिकाले आठौ नगरसभा फागुन ७ गते गर्ने भएको छ । आज आईतबार बसेको बैठकले यस्तो निर्णय गरेको नगरले जनाएको छ । त्यस्तै बाणगंगा नगरपालिकाको आज बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु समेत गरेको छ । त्यस्तै बैठकले बाणगंगा, कोईली र घेरी खोलाको ठेक्का सदर गर्ने, बाणगंगा नदीको मधुबन क्षेत्रको आय ठेक्का पहिलो बोलकबुल दिपीका निर्माण सेवालाई प्रदान गर्ने निर्णय गरेको छ ।

भूमिहिन र सुकुमबासी तथा अव्यवस्थित बसोबासको लगत संकलन ईकाई प्रमुखमा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीलाई चयन गरिएको छ । जेष्ठ नागरिक सेवा मिलन केन्द्र संचालन तथा व्यवस्थित कार्यविधि २०७७ स्वीकृत गरिएको छ । त्यस्तै वैठकले बाणगंगा नगरपालिकाको राहत तथा विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ समेत स्वीकृत गरेको छ ।

 

सम्बन्धित् समाचार